१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रश्नपत्र निर्माणका लागि कार्याशाला



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
प्रश्नपत्र निर्माणका लागि शितगंगा नगरपालिका स्थित श्री ज्योती मावि ठाडामा शैक्षिक विकास तथा अनुसन्धान परिषद् अर्घाखाँचीले एक दिने कार्याशाला गरेको छ ।
शितगंगा नगरपालिका अन्तरगतका ३० भन्दा बढी शिक्षक तथा प्रधानाध्यापक, स्रोत व्यक्तिहरु, परिषदका पदाधिकारीहरू समेतको बृहत कार्याशालाले आसन्न दोस्रो त्रैमासिक परीक्षाको प्रश्नपत्र निर्माणको कार्य सम्पन्न गरेको छ ।
विषय विशेषज्ञ सहितको टोलीले तयार गरिएका प्रश्नपत्रहरुलाई विषयगत समितीका विज्ञ टोलद्वारा अन्तिम रुप दिने परिषदले जनाएको छ । जसले प्रश्न पत्रलाई विश्वसनियता, वैधताका साथै त्रृटी रहित बनाउने विश्वास लिइएको छ ।
यस संस्थालाई अझ नयाँ ढङगबाट शैक्षिक सुधार तथा मूल्याङ्न प्रणालीलाई थप व्यवस्थित र परिमार्जित बनाउदै लैजाने परिषद्का अध्यक्ष मान बहादुर पाण्डेले बताउनु भयो । शिक्षकहरूमा प्रश्नपत्र निर्माणको सिप विकास विना विद्यार्थीहरुको सही मूल्याङ्कन नहुने भएकाले यसखालको कार्यक्रमको खाँचो हुने समेत अध्यक्ष पाण्डेले बताउनुभयो ।
शैक्षिक क्षेत्रमा अनुसन्धानमूलक कार्यक्रम अगाडी बढाउने कार्यक्रमहरुलाई प्राथमिकताका साथमा शैक्षिक विकास र सुधार योजना छनोट गरि त्यस तर्फ लागिएको अध्यक्ष पाण्डेको भनाई थियो ।
पाठ्यक्रमका उद्देश्य मुताविक प्रश्नपत्र निर्माण गर्न नसक्दा देखिएका समस्याले विद्यार्थीको मूल्याङ्कनमा नकरात्मक प्रभाव पर्ने हुनाले यस कार्यमा गम्भिर हुन जोड दिन कार्यशालाको आयोजना गरिएको बताइएको छ ।
नगर शिक्षा अधिकृत, स्रोत व्यक्ति, विषय विशेषज्ञ सहित विभिन्न विद्यालयहरुबाट उपस्थित शिक्षक तथा प्रअहरुको उपस्थिति, छलफल र रायका आधारमा वर्तमान मूल्याङकन प्रणालीमा सुधारको लागि प्रश्नपत्र निर्माण गर्दै अघि बढ्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।
नेत्र पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता ज्योती माविका प्रअ शंकर अर्याल रहेको थियो भने कार्यक्रमको संचालन परिषदका सहसचिव दिनामणि बेल्बासेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  २ : ०२ बजे