१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शिक्षक, विद्यार्थी तथा अभिभावक सम्मान


२३ आश्विन २०७५ मंगलबार ००:००  

0
Shares

मायादेवी अनलाइन ।
कपिलवस्तुको मायोदवी गाउँपालिका १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविमा सम्मान कार्यक्रम आयोजना गरिएको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यार्थीहरुले शैक्षिक गुणस्तरमा अतुलनीय योगदान पुर्याएवापत सम्मान गरिएको हो । छत्रपाली तिर्थादेवी मा.वि.को आयोजना तथा युरोपियन युनियन,वीइ वल्र्ड अनलसको आर्थिक सहयोग तथा ग्लोबल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा संचालित पिक परियोजना अन्तरगत शैक्षिक गुणस्तर र विद्यालयको विकासमा टेवा दिन शिक्षक अभिभावक सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यालयका प्रअ नरेन्द्र बहादुर कुर्मीको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुसुदन सरण चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामदेव लोहार, जितेन्द्र प्रसाद भर, ज्ञानु प्रसाद चौधरी, महेश कहार, सुधा नाउँ, सम्झना लोहार, राधिका कुर्मी, कमली मुराउ, राधेश्याम बरई, शम्भु प्रसाद कुर्मी, बलराम नाउ, अमिन प्रसाद कुर्मी, लौटन बरई, बम बहादुर चौधरी, राकेश चरण चौधरी, तेजबहादुर पन्थ, मनोज कुमार ठाकुर लगाएतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पिक परियोजनाले शैक्षिक गुणस्तर, व्यवस्थापन तथा समता र पहुँचका लागि उल्लेखनीय कार्य गरेको बताउदै आफुहरुले पनि निरन्तर रुपमा शैक्षिक गुणस्तरमा योगदान पुर्याउने बताएका छन् । कार्यक्रमको संचालन पिक परियोजनाकी श्रोत प्रशिक्षक गिता अर्यालले गर्नुभएको थियो । सोही अवसरमा विजया दशमी , शुभदिपावली जस्ता चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७५ मंगलबार ००:००  १ : २४ बजे