१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

स्मार्ट स्कुल बनाउन खनमा शैक्षिक तथा धार्मिक महोत्सव शुरु



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ४ खनमा मालारानी खन शैक्षिक तथा धार्मिक महोत्सव २०७५ शुरु भएको छ । कालिका नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा शैक्षिक तथा धार्मिक महोत्सव २०७५ शुरु भएको हो । कालिका नेरा माध्यामिक विद्यालयको सर्माट स्कुलको रुपमा विकास गर्न उक्त महोत्सव आयोजना गरिएको हो ।
महोत्सवलाई राष्ट्रिय सभा संसद माननिय चन्द्र बहादुर खड्का (उज्जवल) ले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
महोत्सव सचिवालयका वरिष्ट कृष्ण खनालका अनुसार विद्यालयमा पहिलो पटक महोत्सव आयोजना गरिएको र ग्रामिण क्षेत्रको शैक्षिक विकासका लागि यस क्षेत्रका स्थानिय अभिभावक, बुद्धिजिवी लगायत समाजसेविहरुको सहयोगमा महोत्सव आयोजना गरिएको छ ।
महोत्सवबाट आपसी सदभाव कायम हुनुका साथै विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विद्यालयले बताएको छ । धार्मिक महोत्सवमा अन्र्तराष्ट्रिय कथावाचक हरिशरण महाराजज्यु को मुखार बिन्दुबाट कथा बाचन गरिने मालारानी खन शैक्षिक तथा धार्मिक महोत्सव आयोजक समितीले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा संसद खड्काले शैक्षिक प्रगति र शिक्षाको सरवाङ्गिण विकास गर्दै सर्माट स्कुल निर्माण लागि यस्ता धार्मिक महत्सवको आयोजना गरी विद्यालयको विकासका लागि महत्वपुर्ण टेवा पुग्ने बताउदै यस्ता धार्मिक सामाजिक कार्यमा आफुको सदैव सहयोग रहने बताउनु भयो ।
यस्तै महोत्सवमा जिल्ला न्यायाधीश रामचन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी खेमराज भुसाल नेकपाका नेता जनार्दन खनाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य, छ्त्रदेब गाउँ पालिकाका अध्यक्ष लेखनाथ पोखरेल, मालारानीको उपाध्यक्ष प्रमिला क्षेत्री, उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष युबराज श्रेष्ठ, पत्रकार महासंघका प्रदेश सदस्य, जिल्ला अध्यक्ष हिम बहादुर जि.सि., सन्धिखर्क, मालारानी एफएमका स्टेशन म्यानेजर, प्रेस संगठनका नेता लागायत विशिष्ट व्यक्तित्व लगाएत विभिन्न पार्टिका जिल्ला स्तरिय तथा स्थानिय स्थरका नेता तथा कार्यकर्ता, समाजसेवी, बुद्धिजिवि, धर्मालु भक्तजनहरुको सहभागिता रहेको थियो ।
महोत्सव यहि कार्तिक २४ देखि ३१ गतेसम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रमलाई विभिन्न रेडियो तथा अनलाईन सञ्चारले प्रत्यक्ष प्रसारण तथा लाईभ गर्ने भएका छन् । कार्यक्रम गंगाराम खनालको अध्यक्षता, कृष्ण खनालको स्वागत मन्तव्य र लिल बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७५ बुधबार ००:००  ४ : ०६ बजे