१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जनता मावि पिपराद्धारा सेवा निवृत्त शिक्षकलाई विदाई



मायादेवी अनलाइन, कपिलवस्तु ।

कपिलवस्तुको जनता मावि पिपराले सोमबार सेवाबाट निवृत्त भएका पाच जना शिक्षकलाई औपचारिक रुपमा विदाई गरेको छ । दशैको अवसर पारेर सेवा निवृत्त शिक्षकलाई जनता माविले औपचारिक रुपमा विदाई गरेको हो ।

यसभन्दा पहिला नै शिक्षकहरु सेवाबाट अवकाश भए पनि सोमबार औपाचरिक कार्यक्रम गरी शिक्षकलाई विदाई गरिएको विद्यालयका प्राचार्य रमेश पन्थीले बताउनुभयो । यसरी सेवाबाट अवकाश पाउने शिक्षकहरुमा देवी बहादुर पोख्रेल, अन्नपूर्ण पाण्डे, अशोक खत्री, दिप्ति ज्ञवाली र हरि प्रसाद पाण्डे रहनुभएको छ ।

कार्यक्रमको अवसर पारेर विद्यालयले विद्यार्थीका बीच दशैको शुभकामना आदानप्रदान गरेको थियो । विद्यार्थी, शिक्षक, शिक्षिका बीच दशैको टिका र जमरा लगाएर विद्यालयले दशै मनाएको हो ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले विद्यालयले दशैको टीका र जमरा लगाएर शुभकामना आदानप्रदान गर्नु राम्रो काम भएको बताउनुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता रहको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  १२ : २७ बजे