१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सूर्योदय युवा क्लब बुद्धभूमिको सांस्कृतिक कार्यक्रम सम्पन्न, प्रमोदले दर्शकलाई झुमाए



गणेश बेल्बासे ‘संगम’, कपिलवस्तु ।
“सम्पुर्ण युवाहरू एक जुट हौं, समाज विकासमा अग्रसर बनौं र अनाथ बालबालिकालाई सहयोग गरौ” भन्ने मुल नाराका साथ अनाथ तथा विपन्न बालबालिकाहरुको शैक्षिक गुणस्तर उकास्नको लागि शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले सूर्योदय युवा क्लब बुद्धभूमिले एक दशैं विशेष कार्यक्रमका बीच पाचौँ दशैँ विशेष सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तुको बुद्धभूमि क्याम्पस चौवन्नको स्टेजमा सन्चालित सो कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सूर्योदय युवा क्लबका अध्यक्ष प्रदिप खनालको अध्यक्षता सन्चालित सो कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार प्रदेश न. ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी रहनु भएको थियो । कार्यक्रममा प्रदेशसभा संसद अर्जुन केसी, कपिलवस्तु जिल्ला समन्वय समितीका प्रमुख लगाएतका विशिष्ट व्यक्तित्वहरू, नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्य, विभिन्न पार्टीका प्रमूख तथा प्रतिनिधी, विभिन्न कार्यालय तथा संस्थाका प्रतिनिधिहरू, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् प्रदेश न. ५ का उधोग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले सूर्योदय युवा क्लबले यो किसिमको कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । गिरीले आफ्नो कुरालाई थप्दै भन्नु भयो अब युवा शक्तिहरू एक भएर सामाजिक विकासको क्षेत्रमा यसैगरी लाग्न आग्रह गर्नुभयो । अब यस सरकारले युवालाई स्वरोजगारका कार्यक्रम ल्याएको र उनीहरुका सबै खाले समस्याहरू समाधान हुने बताउँदै गिरीले युवाहरु निश्चिन्त रहन आग्रह गर्नु भयो ।
क्लब एवम् कार्यक्रमका अध्यक्ष प्रदिप खनालले सबै अतिथि, विशेष अतिथि, अतिथिहरू, पत्रकार, सूरक्षाकर्मी, कलाकार लगायत यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका खेल्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
कार्यक्रममा आमन्त्रित कलाकारहरूले विभिन्न किसिमको गीत गाएर एवम् नृत्य गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कलाकारहरूले आफ्नो चलेको गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथीद्वारा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । त्यस्तै सहयोगदाता, पत्रकार, कलाकार एवम् अतिथिहरूलाई खादा एवम् मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो खन्डमा हरी बेल्बासेले अपौचारिक कार्यक्रम संचालन गर्नु भएको थियो भने दोस्रो खन्डमा वरिष्ट संचारकर्मी एवम् उद्घोषक चिन्ता परियारले साङ्गीतिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७५ बुधबार ००:००  १२ : २७ बजे