८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

शिक्षाशाष्त्र संकायको पढाई रोक्नु पर्दछ– शिक्षामन्त्री पोख्रेल 



मायादेवी अनलाइन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा संकाय वेरोगजार उत्पादन गर्ने उद्योग मात्र रहेको भन्दै पढाई रोक्नु पर्ने बताउनु भएको छ ।

आज महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको उच्च शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा संकायको पढाई औचित्यहिन बन्दै गएको भन्दै तत्कालको लागि शिक्षा संकायको पढाई रोक्नु पर्ने धारण अघि सार्नुभएको हो ।

मन्त्री पोखरेलले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात् शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको बताउदै अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।

देशमा ७ लाख वेरोजगार शिक्षक रहेको उल्लेख गर्दै भने, ‘शिक्षा संकाय पढाई भन्दा देशलाई प्राविधिक शिक्षाको अवश्यकता छ। समृद्ध देश बनाउन उत्पादन मुलक शिक्षा अहिलेको आवश्यकता रहेको उनले औंल्याए। सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाई सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०७५ शनिबार ००:००  ४ : ३९ बजे