१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिस ग्ल्यामर कपिलवस्तुको दोश्रो चरण, अडिसनमा छुटेकालाई ह्वाइलकार्ड(फोटोफिचर)



मायादेवी अनलाइन ।
कार्तिक ६ गतेबाट मिस ग्ल्यामर कपिलवस्तुको दोश्रो चरण सुरु हुँदै छ । प्रतियोगिताको पहिलो चरण(अडिसन) बाट १० जना छनोट भएका छन् । फ्ल्यास व्याग युथ क्लव बुटवलले आयोजना गरेको सो सुन्दरी प्रतियोगिताको पहिलो अडिसनमा जिल्लाका बिभिन्न स्थानबाट ३० जनाले युवतीले सहभागिता जनाएका थिए ।

ती सहभागिमध्येबाट छनोट भएका उत्कृष्ट १० जनालाई दोश्रो चरणमा स्थान दिइएको छ । दोश्रो चरणमा बिभिन्न चरणको तालिम दिइसकेपछि ती १० जनाबाट पनि उत्कृष्ट छनोट भएर फाइनलसम्म पुग्न सक्ने गरी व्यवस्था मिलाएको आयोजकले बताएका छन् । बिभिन्न कारणले अडिसन दिन नपाएकाहरुलाई दोश्रो चरणमा सहभागि गराएर आवश्यक तालिम दिइने र तालिमपछि उत्कष्ट हुनेहरुलाई ह्वाइल कार्डमार्फत सोझै फाइनलसम्म पुग्न सक्ने गरी अवसर दिइने आयोजकका तर्फबाट मोनिका भण्डारीले जानकारी दिनुभयो । भण्डारी यस प्रतियोगिताकी कोरियोग्राफर पनि हुनहुन्छ ।

पहिलो चरणमा अडिसनमा आएकाहरुको सुन्दरतासंगै उनीहरुमा रहेको आत्मविश्वास, प्रतिभा, संचार क्षमता लगायतको परीक्षण गरी दोश्रो चरणमा प्रवेश दिइएको हो । असोज ३० गते जितपुरको बाणगंगाा पार्टी प्यालेसमा सम्पन्न अडिसनमा मिस लुम्बिनीकी उपविजेता मोनिका भण्डारी, रेडियो मायादेवीका स्टेशन म्यानेजर पत्रकार चन्द्रकान्त न्यौपाने, मिस्टर एण्ड मिस लुम्बिनीका उपविजेता निश्छल कुँवरराज भण्डारी र मिस लुम्बिनीकी वेष्ट स्किन अवार्ड तथा टप टेनमा पर्न सफल अंशु क्षत्रीले निर्णायकको भूमिका निर्वाहा गर्नुभएको थियो । प्रतियोगितामा १५ बर्षदेखि २५ बर्षसम्मका युवतीले सहभागिता जनाउन सक्ने छन् ।

Image may contain: 3 people

अब उत्कृष्ट १० मा परेकाहरुलाई बिभिन्न चरणको तालिम दिइने छ । तालिममा व्यक्तित्व विकास, श्रृंगार,रेडियो तथा टिभी उद्घोषण,मेक अप, फिल्ड भिजिट, फोटो सुट, राम्प वाक आदि बिषयमा जानकारी दिइने बताइएको छ । दोश्रो चरणमा सहभागिताको लागि मिस ग्ल्यामर कपिलवस्तुको २०७५ नामक फेसबुक पेजमा गएर म्यासेज गरी सहयोग लिन सकिने छ । यस क्षेत्रमा रहेका युवतीहरुको प्रतिभा र क्षमतालाई चिनेर उनीहरुलाई यस पेशाबाट नै व्यावसायिक बनाउने उधेश्यले आयोजना भएको मिस ग्ल्यामर कपिलवस्तुको विजताले नगद पुरस्कारसंगै थुप्रै गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।सकेसम्म तिहार अघि नै ग्राण्ड फिनाले गर्ने गरी आयोजकले तयारी गरेको छ । कपिलवस्तुलाई यस जगतमा अगाडी बढाउन पछिल्ला समय यस्ता प्रतियोगिता भइरहेका छन् । यसअघि किपलवस्तुमा मिस्टर एण्ड मिस कपिलवस्तु सम्पन्न भइसकेको छ ।

Image may contain: 4 people, people sitting

Image may contain: 1 person, standing

Image may contain: 1 person, smiling

Image may contain: 1 person, smiling, indoor

Image may contain: 1 person, sitting

Image may contain: one or more people, people standing and indoor

Image may contain: 1 person, smiling, standing

Image may contain: 1 person, sitting

Image may contain: 1 person, smiling, standing

प्रकाशित मिति : ४ कार्तिक २०७५ आइतबार ००:००  १ : ३१ बजे