२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

सितगंगा सेवा समाजद्धारा कम्प्युटर सहित शैक्षिक सामग्री वितरण



गणेश बेल्बासे ‘संगम’, अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा ५ स्थित गल्दामा  कम्प्युटर तथा शैक्षिक सामग्री वितरण सहितको विविध कार्यक्रम मंगलबार सम्पन भएको छ । सितगंगा सेवा समाजको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

शितगंगाको विभिन्न वडाबाट विभिन्न कारणले प्रदेश पसेका युवाहरुद्धारा “सु–शासन,समृद्धिमा ऐक्यबद्धता,समाज सुधार हाम्रो प्रतिवद्धता” भन्ने नारालाई आत्मसात गर्दै गठन भएको शितगंगा सेवा समाजले हरी मावि गल्दालाई ४ थान कम्प्युटर सहित राम आधारभूत विद्यालय धनचौरलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर जस्ता सामग्रीहरू हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा जेहन्दार विद्याथींलाई छात्रावृत्ति दिईएको थियो भने जेष्ठ नागरिकलाई खादा र फूलमालाले सम्मान गरिएको थियो ।

सितगंगा सेवा समाजको यो योजनाको कार्यक्रममा विभिन्न उपसमितिमा रही विजय कुमार विक, तेज प्रसाद अधिकारी, लक्ष्मण भट्टराई, विष्णु बेल्बासे र तुल्सीराम भण्डारीले संयोजकत्वको भूमिका निर्वाह गर्नु भएको थियो । राष्ट्रिय तथा स्थानीय कलाकारहरू, विभिन्न राजनीति दलका विशिष्ट व्यक्ती, यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सहयोग दाताहरु, सोही विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुको उलेख्यनिय उपस्थित रहेको थियो ।

त्यस्तै कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीमा मणिराम अधिकारी र काशीराम आर्चाय रहनुभएको थियो भने सितगंगा सेवा समाजको तर्फबाट पदाधिकारीहरुमा संरक्षक भिम खनाल, अध्यक्ष कमल घिमिरे, वरिष्ट उपाध्यक्ष मिन पोख्नेल, महासचिव घनश्याम खनाल, सचीव सुन्दर आचार्य, सहसचिव राजु अधिकारी, दुतिय सचिव सुशिल क्षेत्री, संगठन प्रमुख बिस्नु क्षेत्री, प्रचार प्रमुख चन्द्र चुदाली, शितगंगा संयोजक झनक केसी, मन्द्रे मावि संयोजक शेषकान्त अधिकारी लगाएतको कार्यक्रममा उपस्थित रहेको थियो ।

कार्यक्रम सितगगां सेवा समाजका अध्यक्ष कमल घिमिरेको अध्यक्षता, शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, शिक्षा शाखा अधिकृत माधव बन्जाडेको विशिष्ट आतिथ्यता र  सुन्दर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सुशिल क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  १ : ३४ बजे