२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

६७ औँ दधि जयन्तीको अवसरमा शनिबार बृहत साहित्यिक कार्यक्रमको आयोजना



मायादेवी अनलाइन, वाणगंगा ।
६७ औँ दधि जयन्ती तथा वृहत राष्ट्रिय कवि गोष्ठि शनिबार कपिलवस्तुमा भव्य रुपमा सम्पन्न हुँदैछ । दधि स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा शनिबार विहान १० बजे कार्यक्रम सुरु हुने छ । बाणगंगा १ बैरीयाको जेसिस भवनमा सम्पन्न हुने दधि जयन्तीमा राष्ट्रिय स्तरका श्रष्टाहरुको बाक्लो उपस्थिति रहने छ ।
दधि स्मृति साहित्य समाज कपिलवस्तुका अध्यक्ष क्रषि केशव कँडेलका अनुसार कार्यक्रमको अवसरमा नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देशभरका प्रतिनिधि स्रष्टाहरुलाई कदर पत्रद्धारा विशेष सम्मान गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा मनिराज जोशी (धनगढी), लोकनाथ बराल (नवलपरासी), लोकेन्द्र बञ्जारा (झापा), शान्ता अधिकारी पोख्रेल (बाँके), मनोज भण्डारी (चितवन), सुविन रिमाल (नुवाकोट) र जोशिका कँडेल (कपिलवस्तु) लाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको कँडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
जयन्तीकै अवसरमा वरिष्ठ साहित्यिक स्रष्टाहरुले रचना बाचन पनि गर्ने कार्यक्रम रहेको सचिव समीर सायरले जानकारी दिनुभयो । वरिष्ठ साहित्यकार डा. शिव प्रसाद पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा अर्को आकर्षणको रुपमा गजलकार लोकेन्द्र बञ्जारा लगायत रहनु भएको छ ।
कार्यक्रममा सहभागी हुन आयोजकले सबै साहित्य तथा कलाप्रेमी महानुभावहरुलाई आग्रह गरेको छ । गजलकार बञ्जारा संग रेडियो मायादेवीले शनिबार विहान साढे ६ बजेको कार्यक्रम कलाकार संगमा कुराकानी गर्ने छ । सुन्न नभुल्नु होला ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  १ : ४८ बजे