चन्द्रकान्त न्यौपाने, मायादेवी अनलाइन ।
दधि स्मृति साहित्य समाजमा नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार सम्पन्न चौथो साधारण सभाले पुनः दीलिप कार्कीको अध्यक्षतमा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा देवका भण्डारी, सचिवमा समिर सायर, सह सचिवमा दुर्गा प्रसाद अर्याल, कोषाध्यक्षमा लेखनाथ घिमिरे सर्वसम्मत चयन हुनुभएको हो । यस्तै समाजको सदस्यमा बुद्धि सागर बेलवासे, राधा पाण्डे, धर्मराज घिमिरिे र शुशिल अर्याल रहनु भएको छ ।
नव निर्वाचित सबैलाई आजै पद तथा गोपनियताको सपथ पनि ग्रहण गराइएको छ । सपथ ग्रहणपछि नव निर्वाचित कार्यसमितिले आफ्नो कार्यकाल सपथ पार्ने प्रतिवद्धता जनाएका छन् ।
आधा दर्जन श्रष्टा सम्मानित
समाजको शनिबार सम्पन्न चौथो साधारणमा आयोजित वृहत राष्ट्रिय कवि गोष्ठिमा मुलुकका आधा दर्जन प्रतिनिधि श्रष्टालाई पनि सम्मान गरिएको छ ।
बिभिन्न विधाहरुमा कलम चलाएर नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै शिव तुलसा छन्द रथी साहित्य पुरस्कारबाट मनिराज जोशी धनगढी, टिकाराम काव्य साधक साहित्य पुरस्कारबाट लोकनाथ बराल नवलपरासी, आदित्य जंग गजल गौरव साहित्य पुरस्कारबाट लोकेन्द्र बञ्जारा झापा, वाशुदेव गजल साधक साहित्य पुरस्कारबाट शान्ता अधिकारी पोख्रेल बाँके, अर्पण छन्द प्रतिभा पुरस्कारबाट मनोज भण्डारी चितवन, आदित्यराज बाल साहित्य पुरस्कारबाट सुविन रिमाल नुवाकोट र प्राचिन बाल साहित्य पुरस्कारबाट जोशिका कँडेल कपिलवस्तुलाई सम्मान गरिएको हो ।
समाजका अध्यक्ष दीलिप कार्कीको अध्यक्षता, साहित्यकार शिव प्रसाख पौड्यालको प्रमुख आतिथ्य,बाणगंगा नगरका उपप्रमुख चक्र्र अर्यालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा कपिलवस्तुका साहित्यकार लेखनाथ घिमिरेको कविता संग्रह मेरो देश पनि विमोचन भएको छ ।
देश प्रेम र समाजका विविध विषयवस्तुलाई समावेश गरेर लेखिएको कृतिमा छन्द कवि मनोज भण्डारीले टिप्पणी राख्नु भएको थियो ।
कार्यक्रममा देशभरबाट जम्मा भएका बिभिन्न श्रष्टाले कविता, गजल तथा मुक्तकहरु प्रस्तुत गरेका थिए । जिल्ला भित्र तथा बाहिरका दर्जनौँ श्रष्टाको सहभागिता रहेको कार्यक्रमको संचालन सचिव समिर सायरले गर्नु भएको थियो ।
प्रतिक्रिया