मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको सीमावर्ती क्षेत्रमा रहेको यशोधरा गाउपालिका– १ (साबिक तिर्तिखी गाबिस) लाई एकै पटक पुर्ण भर्ना र बाल बिवाहमुक्त वडा घोषणा गरिएको छ । सो वडामा रहेका बिद्यालय उमेरका सबै बालबालिकाहरु बिद्यालयको पहुँचमा आएको र बाल बिवाह रोकिए पछि सो घोषणा गरिएको हो ।
वडा कार्यालय, सेभ द चिल्ड्रेन, लिडो नेपाल नामक गैर सरकारी संस्थाद्धरा तिर्तिखीमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख गिरिजेश पाण्डेयले पुर्ण भर्ना र बालबिवाहमुक्तको प्रतिबेदन प्रस्तुत गर्दै वडालाई पुर्ण भर्ना र बाल बिवाहमुक्त घोषणा गरेका थिए ।
सो अवसरमा सांसद अतहर कमालले एकै पटक पुर्ण भर्ना र बालबिवाह मुक्त वडा घोषणा हुनु सकारात्मक कुरा भएको बताए । उनले बिद्यालयमा भर्ना भएका बालबिालकाहरुलाई टिकाई राख्न पनि बिशेष कार्यक्रम संचालन गर्नु पर्ने बताए । यस्तै शिक्षाको ज्योति घरघरमा फैलाउनु पर्नेमा जोड दिदै बाल बिवाह रोक्नका लागि सबै सरोकारवाला समेत सचेत हुनुपर्ने बताए ।
सो अवसरमा सरोकारवाला संग छलफल गरे पछि सो वडालाई पुर्ण भर्ना र बालबिवाहमुक्त घोषणाका लागि सिफारिस गरेको थियो । सो वडामा बिद्यालय उमेरका ५ सय २६ छात्रा र ४४२ छात्रहरु बिद्यालयको पहुँचमा छन । यस्तै १ देखि कक्षा ८ सम्मका १ हजार ६८ जना बिद्यालयमा भर्ना छन ।
यस्तै ३ सय १३ जना नया भर्ना भएको लिडो अन्तरर्गत सेभ द चिल्ड्रेनको सहयोगमा संचालित शिक्षा कार्यक्रमको संयोजक हरि चौधरीले बताए । ७ जना बाहिर रहेको बिद्यार्थीहरुलाई समेत बिद्यालयको पहुँचमा आई सकेको उनले बताए । यस्तै सन २०१४ मा कुल वडा भित्र भएका कुल बिवाह मध्ये १६ वटा बाल बिवाह भएको थियो ।
४ बर्षे अभियान पछि सन २०१८ भित्र अहिले ३८ वडा भएको बिावह मध्ये अझै सम्म बाल बिवाह नभएको वडा अध्यक्ष पासीले बताए । सो अवसमरमा सांसद कमाल, गाउँपालिका प्रमुख पाण्डेय, वडा अध्यक्ष पासी, जिल्ला समन्वय समितिकी उप प्रमुख तारावती चौधरी, सहायक प्रजिअ रामेश्वर अर्याल, सेभ द चिल्ड्रेनका राजेन्द्र तुलाधर लगायतका सहभागीले पुर्ण भर्ना र बालबिवाह हुन नदिने लिखित प्रतिबद्धता जनाएका थिए ।
वडालाई पुर्ण भर्ना र बाल बिवाहमुक्त बनाउन वडामा रहेको बाल क्लव, युव क्लवले निकै मिहिनेत गरेका थिए । सो अवसरमा वडालाई सो घोषणा गराउनमा भुमिका खेल्ने एक दर्जन बढीलाई सम्मनित समेत गरिएको थियो । कार्यक्रमममा शिक्षा समन्वय ईकाईका प्रमुख बावुराम भट्टराई, वडा अध्यक्ष श्याम नारायण उपाध्याय, सिताराम हरिदास, रामकिशोर हरिदास लगातयले शुमभकामना मन्तब्य दिएका थिए ।
११ कार्तिक २०७५ आइतबार ००:००
0
Shares






प्रतिक्रिया