१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रिमियर इन्स्योरेन्सले दियो पशु दाबी भुक्तानी



मायादेवी अनलाइन, वाणगंगा । 

प्रिमियर इन्स्योरेन्सले बुद्धभुमि नगरपालिका प्रतापुरका कृषक यमलाल  पोखरेलमा ६० हजारको पशु बिमा घरमै गएर दाबी भुक्तानी गरेको छ ।

पशु सेवा शाखाका कार्यालय प्रमुख लक्ष्मण लाल श्रीवास्तब र पशु प्राबिधिक तथा प्रिमियर इन्स्योरेन्सका अभिकर्ता खिम बहादुर टण्डनले संयुक्त रुपमा दाबी बापतको चेक कृषकलाई हस्तान्तरण गरेका थिए ।

कृषक यमलालले दाबी बापतको रकम छिटो र छरिटो रुपमा घरमै आई भुक्तानी सुविधा दिने हुँदा सबैलाई बीमा गराउन आग्रह गरेका छन्  ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  १ : १८ बजे