११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

बहुमतको सरकारबाट समृद्धिको अनुभूति भएन : पूर्वअध्यक्ष ढकाल



दाङ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई वहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभूति हुन नसकेको बताउनुभएको छ ।

रिपोर्टस क्लव दाङ शाखाले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले मुलुक कम्तिमा २० वर्ष अन्योलको वातावरणमा रहँदा पनि व्यवसायीले कहिल्यै हौसला नगुमाएको बताउनुभयो ।

उहाले मुलुकलाई गतिशील बनाउन लागी परेको स्मरण गर्दै अन्योल र अस्थिरतामा पनि व्यवसायी हतोत्साहित नभएको स्पष्ट पार्नुभयो । गुजारामुखी अर्थतन्त्रलाई प्रतिस्थापन गरी निर्यातमुखी अर्थतन्त्रको विकास भए मात्र मुलुकमा आर्थिक समृद्धिको लक्ष्य हासिल हुने उहाले बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले दुई तिहाई वहुमतको सरकारबाट व्यवसायीले आर्थिक समृद्धिको धेरै आशा गरेको बताउँदै समृद्धिको न्यानो ताप अझै नपाएको बताउनुभयो ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  १ : ३१ बजे