२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

जनतालाई उठिबास लगाएर राजनिती गर्नु छैनः मेयर अधिकारी



अराज बेल्बासे, चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको रेल बिभागले सुरु गरेको लमही बुटवल खण्डको प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम चन्द्रौटामा भएको छ ।

मेची महाकाली विद्युतिय रेल अन्र्तगत रेगमार्गले छुने लमही देखि बुटवल सम्मका स्थानीय तहका जनता सँग सुझाव संकलन गर्ने योजना अनुसार शिबराज नगरपालिकामा सार्वजनिक सुनुवाई गरिएको थियो । जिल्लाको शिवराज नगरपालिका अन्र्तगत शिवराज नगरपालिका ३ मदवा, करमाडी, भुलही, बलुहवा लगायत गाउँको बीचबाट लगिने भनिएको प्रस्तावित रेलमार्गको बारेमा राय सुझाव तथा प्रतिक्रिया संकलन गर्न सार्वजनिक सुनुवाइ गरिएको हो ।

गाउँको बीचबाट रेलमार्ग निर्माण गर्दा खेतियोग्य जमिनको नोक्सानी हुने र वस्तीमा असर पर्ने भएकाले  गाउँलाई विस्थापित नगरी वैकल्पिक मार्गको प्रयोग गरी रेलमार्ग निर्माण गर्न स्थानीयले अनुरोध गरेका छन ।   कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरपालिकाको तर्फबाट आफुले गाउँलाई अप्ठ्यारो नपर्ने गरी रेलमार्ग निर्माण गर्नका लागि पहल गरेको बताउनुभयो  ।

जनताको माग भन्दा आफु बाहिर जान सक्ने बताउदै सर्वेक्षण गर्न आउने समेयमा समेत सुपादेउराली मन्दिरबाट लगेमा बस्तीलाई असर नहुने बताएको बताउदै नगरपालिकाको समेत बस्ती बाहिरबाट जानु पर्छ भन्ने धारण रहेको बताउनु भयो ।

नगर प्रमुख अधिकारीले विकास पनि चाहिएको जनता पनि चाहिएकोले जनतालाई उठिबास लगाएर राजनिती नगर्ने अधिकारीले बताउनुभयो । जनतालाइ दुख दिने काम नहोस भन्दै थोरै धेरै जति जग्गा भए पनि उनीहरुको बस्ती मासिन नहुने धारणा राख्दै बस्तीबाहिरबाट रेलमार्ग तयार गर्न अनुरोध गर्नुभयो ।

यस्तै नेपाली कांगे्रसका युवा नेता अजय थापाले विकासका लागी अवरोध नगर्ने तर जनताको मनोभावना कुल्चेर जनता माथी आंच आउने खालको कार्य गर्न नहुने बताउनु भयो । रेगमार्गको सर्वेक्षण गर्ने समयमै सार्वजनिक सुनुवाई गरी जनताको धारण बुझेर काम गर्नु पर्ने धारण राख्दै बस्ती बाहिरबाट रेलमार्ग ल्याएमा श्रमदान गरेर समेत सहयोग गर्ने  तर बस्तीबाट गएमा रेलमार्ग निमार्णमा अवरोध गरी लिगमा उभिने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा सुझाव दिंदै नेपाली कांग्रेसका हुमाकान्त खनालले गाउँको उत्तरक्षेत्रबाट रेलमार्ग निमार्ण गर्न सकिने र यसरी निर्माण गर्दा बासिन्दाहरु विस्थापित हुन नपर्ने बताउदै निकै पुरानो बस्ती मदवा क्षेत्रमा रेल लाइन बिस्तार गर्दा बस्ती नै संकटमा पर्ने भएकोले अहिलेको क्षेत्र भन्दा १ किलोमिटर परबाट जाँदा बस्तीलाइ समेत असर नगर्न र आफुहरु समेत सहयोगको लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा करिब २ सय जना भन्दा बढीको हस्ताक्षर सहित रेल मार्गको प्रस्तावित लाइनलाई पुनराअवलोकन गर्न भौतिक पुर्वाधार तथा रेल विभागको टोली र नगरपालिकालाई संयुक्त रुपमा प्रतिबेदन समेत बुझाएका छन् ।

स्थानीयको सुझाव सल्लाह तथा प्रतिक्रियामा सहमति जनाउदै समाजशास्त्री कृष्ण खनाल, विनोद चन्द आचार्य, वातावरण विभागका लोकेश सापकोटा, र वन विभागका समीर पुनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

रेलमार्ग बुटवल देखी लमही सम्म ११० किलो मिटर हुने प्रतिबेदनमा उल्लेख रहेको छ । रेलमार्गको लागि आवश्यक ४४७.९७ किलोमिटर आवश्यक पर्ने जस्मा निजी जमिन १६९.१९ किमी र जंगलको क्षेत्रफल २६५ किमी रहेको छ । रेलमार्ग मै १३ किलोमिटर सुरुङमार्ग समेत रहने छ । बुटवलबाट लमही सम्म ८ स्थानमा रेलस्टेशन रहने छन । रेल प्रतिघण्टा २०० किमी यात्रा गर्ने प्रतिबेधनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ३ : ४९ बजे