२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

फिरोज खान हत्याकाण्डः श्रीमतिकै योजनामा हत्या भएको प्रहरीको ठहर



बुटवल ।

गत बुधवार साझ बुटवलको मैनाबगरमा फिरोज खान हत्यामा फिरजकै श्रीमति साइना खातुनको योजनामा भएको ठहर प्रहरीले गरेको छ ।

आफना भिनाजुसंग केही बर्षदेखि प्रेम सम्वन्धमा रहेकी साइनाले तिनै भिनाजूलाई लगाएर फिरोजको हत्या गराएको आज इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी गराएको छ ।

फिरोजलाई गोली हानी हत्या गर्ने भारतीय नागरीक कादिर अन्सारी फरार छन । योजनाकार श्रीमति साइनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवलको मैनाबगरस्थित ज्योती इन्जिनियरिङ वर्कसपमा मिस्त्रिको रुपमा कार्यरत खानको बुधवार राति गोली हानी हत्या गरिएको थियो ।

रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक हृदय थापाले फिरोज खानको हत्या घटनामा सुक्ष्म तरिकाले अनुसन्धान गर्दा श्रीमतिको योजनामा उनका भिनाजू  कादिर अन्सारीले हत्या गरेको पत्ता लागेको बताउनु भयो ।

कादीर अन्य अपराधिक गतिबिधिमा समेत सम्लग्न भएको र बिगतका बिभिन्न अपराधमा मुद्धा चलेका व्यक्ति रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले जानकारी दिनुभयो ।अन्सारी नवलपरासीको त्रिवेणी हुँदै बुटवल आएर आफैंले गोली चलाएको प्रहरीले बताएको छ । हत्या गरेपछि अन्सारी त्रिवेणी हुँदै भारततर्फ भागेको देखिन्छ ।

फिरोज हत्यासंगै बिभिन्न घटनाका सम्वन्धमा आज प्रहरीले पत्रकार सम्मेलन माफर्त जानकारी गराएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  ९ : २७ बजे