३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

महिला पत्रकारलाई काम गर्ने सहज वातावरण सिर्जना गर्नुपर्छः नगर प्रमुख अधिकारी



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले समाजमा पत्रकार महिलालाई काम गर्न सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । क्रियाशिल महिला पत्रकार समुह कपिलवस्तु शाखाको अधिवेशनमा बोल्दै नगर प्रमुख अधिकारीले पुरुष पत्रकारको तुलनामा महिला पत्रकारलाई काम गर्न निकै चुनौती देख्ने गरेको भन्दै त्यसलाई सहज बनाउन शिवराज नगरपालिका तयार रहेको बताउनुभयो ।
विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले महिला पत्रकारको उत्थानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । महिला हिंसाका घटनाहरु समाजमा घटिरहेको बेला यस तर्फ कलम चलाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य तथा वरिष्ठ सञ्चारकर्मी निशा विश्वकर्माले समाजमा महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको बताउँदै हरेक तहमा महिलाको अर्थपुर्ण सहभागिता कायम गर्न महिलाहरु सकृय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
रेडियो प्रसारक संघ अकराव प्रदेश नं. ५ का उपाध्यक्ष राजु खरालले सामुदायिक पत्रकारीता पेशा आफैमा चुनौतिपुर्ण पेशा भएको र त्यसमा पनि पत्रकारीता गर्ने महिलालाई निकै चुनौति रहेको बताउनुभयो ।
महिला पत्रकारले किन पत्रकारीता गर्ने, महिलाले पत्रकारीता गर्दा सामाजमा कस्तो प्रभाव पर्ला, त्यसले महिलाहरुको अधिकार स्थापित गर्न सहज हुन्छ या हुन्न भन्ने बिषयलार्इृ अध्ययन गरेर मात्र पत्रकारीता गर्दा त्यसको प्रभाव सकरात्मक पर्न जाने उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीका केन्द्रिय सचिव रबिदत्त मिश्र, नेकपा शिवराज नगर कमिटी सचिव जगत पौडेल, नेपाली कांग्रेशका नगर अध्यक्ष मधु पोखरेल, ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेल, संघिय समाजबादी फोरम नेपालका नगर अध्यक्ष कृष्ण कुमार चौधरी, महिला मानब अधिकार रक्षक संजाल कपिलबस्तुका अध्यक्ष मिना परियार, उद्योग बाणिज्य संघका महासचिव नारायण भाट क्षेत्री, कार्यपालिका सदस्य चन्द्र बहादुर गहतराज, राष्ट्रिय मानब अधिकार प्रतिष्ठान कपिलबस्तु शाखाका अध्यक्ष बिष्णु प्रसाद खतिवडा, रेडियो भ्वाइसका स्टेशन प्रमुख संजिब गहतराज लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।
संस्थाका सदस्य दिपा महतको स्वागत मन्तब्य रहेको कार्यक्रममा, क्रियाशील पत्रकार महिला डब्लु डब्लु जेका अध्यक्ष उजेली बिश्वकर्माको अध्यक्षता र संचालन संस्थाको सचिब गीता पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५ बिहिबार ००:००  २ : १२ बजे