३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

वाणगंगाको नगरसभाद्धारा नगरका सबै जग्गामा पुर्ननापी गराउन माग



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिकाको चौथो नगरसभाले नगरभित्रका सबै जग्गालाई पुर्ननापी गर्न सम्बन्धित निकाय समक्ष माग राखेको छ । वडा नं. २ पिपराको हिल्वर्ट बोर्डिङ स्कूलमा शुक्रबार सम्पन्न नगरसभाले नगर भित्र रहेका सार्वजनिक, नम्बरी, ऐलानी र जंगली जग्गाको पुर्ननापी गर्न माग गरेको हो । नगरभित्र रहेका अधिकांश जग्गा विवादित हुँदै आएका छन् ।
चौथो नगरसभाले नगरभित्रका सबै सम्पत्ति संरक्षण गर्ने अधिकार वडा कार्यालयलाई दिएको छ । अब वडा भित्रका सार्वजिनक स्थल, मठमन्दिर, खेलमैदान, सार्वजनिक जग्गाको रेखदेख गर्ने छन् ।
यस्तै नगरभित्रका वडाको सिंमाङ्कन र नक्साङकन गर्न नापी विभागलाई अनुरोध गरिएको छ । नगरका केही वडामा लामो समय देखि यस विषयमा विवाद हुँदै आएको छ ।
सुकुम्मबासी समस्या समाधान गर्नका लागि प्रदेश सरकार माग माग गर्ने नगरसभाले निर्णय गरेको छ । सुकुम्बासी समस्या समाधान गर्ने भन्दै चुनावी एजेण्डा बनाएर चुनावी मैदानमा होमिएका जनप्रतिनिधिले काम नगरेको गुनासो हुदै आएको थियो । अब यस विषयमा नगरले प्रदेश सरकार संग पहल गर्ने भएको छ ।
कपिलवस्तु सामुदायिक अस्पतालमा प्रसुती गृह सञ्चालनका बजेट केन्द्र र प्रदेश सरकार संग आवश्यक बजेट माग गर्ने निर्णय गरिएको छ । कानुन निर्माणका लागि अहिलेको नगरसभा महत्वपूर्ण मानिन्छ । तर, वाणगंगाले पहिला नै विभिन्न आवश्यक कानुन निर्माण गरिसकेकोले आजको नगरसभाले राजश्वको दरका क्षेत्रहरुलाई आशिंक संशोधन गरिएको वडाका प्रबक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
नगरसभाको उद्घाटन गर्दै प्रदेश सांसद विष्णु पन्थीले सबै कुरा त्यागेर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । अहिलेका जनप्रतिनिधिबाट जनताले धेरै आशा गरेको भन्दै अब विकासमा दत्तचित्त भएर लााग्नुपर्ने बताउनुभयो ।
अहिले लगाइएको नदीजन्य पदार्थको ठेक्कामा उपभोक्ता चरम मारमा परेको भन्दै अर्को बर्ष प्रदेश सरकारले यसलाई परिमार्जन गर्ने दाबी गर्नुभयो । नदीजन्य पदार्थमा चर्को राजश्व लागेको भन्दै आम सर्वसाधारणबाट यसको विरोध हुँदै आएको छ । आज भएको वाणगंगाको चौथो नगरसभामा बोल्दै सांसद पन्थीले यस विषयलाई प्रदेश सरकारले पुर्नविचार गर्ने बताउनुभयो ।

Image may contain: 4 people, people standing and indoorImage may contain: 15 people, crowd and indoorImage may contain: 15 people, people sitting and indoor

 

प्रकाशित मिति : २२ चैत्र २०७५ शुक्रबार ००:००  २ : ३५ बजे