३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

शिवगढीमा भरुवा बन्दुक सहित एक जनाको शव फेला



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका ९ मा एक पुरुषको शव फेला गरेको छ । मंगलबार विहान ९ बजेतिर नगरको वडा नम्बर ९ शिवगढीमा पर्ने बगराह खोलाको किनारमा भरुवा बन्दुक सहित अन्दाजी ५० बर्ष माथिका पुरुषको शव फेला परेको हो ।
शवको अहिले सम्म पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । अहिले शवलाई बहादुरगञ्ज अस्पतालमा पठाइएको र बुधबारमात्र पोष्टमार्टम गरी सबै जानकारी बाहिर आउने वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरिक्षक मधु सिँहले जानकारी दिनुभयो ।
स्थानीयले खोलामा शव रहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । लगत्तै प्रहरीको अनुसन्धान टोली घटनास्थल पुगि शवलाई उठाएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  ११ : ३६ बजे