७ असार २०८३, आइतबार | Sun Jun 21 2026

चितवनबाट २२० केजी गाँजासहित टिपर बरामद, चालक पक्राउ



चितवन ।
चितवनमा प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ। भण्डाराबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए। गाँजासहित गाँजा लोड गरिएको ना ४ ख २२९५ नम्बरको टिपर र त्यसका चालक हेटौँडा उपमहानगरपालिका–७ का सौगात श्रेष्ठलाई नियन्त्रणमा लिएको डिएसपी आचार्यले जानकारी दिए। मंगलवार राति ३ बजे राप्ती नगरपालिका–४ भवनीपुर लाउरेचोकबाट गाँजा नियन्त्रणमा लिइएको हो। उक्त गाँजा पहाडी इलाकाबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। गाँजा, टिपर र चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको आचार्यले बताए।

प्रकाशित मिति : १७ असार २०७६ मंगलबार ००:००  २ : २३ बजे