२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तु विवादः अदालतले भन्यो, बजेट सहितको कार्यक्रम तत्काल नरोक्नु, लिखित जवाफ दिनु



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकामा देखिएको मेयर र उपप्रमुखबीचको विवादमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कपिलवस्तु नगरपालिकाद्धारा पारित नीति, कार्यक्रम र बजेट तत्काल नरोक्न आदेश दिदै नगरपालिकालाई लिखित जवाफ माग गरेको छ ।
उपप्रमुख लक्ष्मी गुप्ताले कपिलवस्तु नगरपालिकाको पाँचौं नगरसभाका सबै निर्णय विधि सम्मत नभएको भन्दै कानुनी उपचार खोज्दै अदालत जानुभएको थियो । उपमेयर गुप्ताले अदालतमा रिट दायर गरेपछि बुधबार दुवै पक्षलाई छलफलमा लागि बोलाएको थियो । छलफलमा दुवै पक्ष सहभागी थिए ।

दुवै पक्षको छलफलमा पश्चात अदालतका न्यायधीशद्वय दयानाथ खरेल र दुर्गाबहादुर विश्वकर्मा संयुक्त ईजलाशले बुधबार अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेको हो ।
मुद्दाको अन्तिम सुनवाई हुदाका बखत सम्बोधन हुने हुँदा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रम, बजेट र निति भएकाले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश अदालतले गरेको छ। यद्यपि नगरपालिकालाई यस सम्बन्धि लिखित जवाफ २६ गतेसम्म दिन भनेको छ ।

No photo description available.

यो पनि पढ्नुहोस

कपिलवस्तु नगरपालिकाको विवाद अदालतमा पुग्यो

क्षेत्राधिकार मिच्दै नगर प्रमुख किरण सिंह, लक्ष्मी गुप्ताद्धारा लगातार नगर सभा बहिस्कार

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ७ : ११ बजे