२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सबैभन्दा डरलाग्दा भिलेन देखिएका यस्ता छन् ६ फिल्म



मुम्बई ।
एकसमय फिल्ममा भिलेको भूमिका अक्सर डाकु रहने गर्दथे । यो विषयमा धेरै फिल्म निर्माण भएको छ । जसलाई दर्शकले निकै मन पराएका छन् । अजमद खानले निर्वाह गरेको गब्बरको भूमिका निकै चर्चित मानिएको छ ।
आज चर्चा ती ६ फिल्मको गर्न खोजिएको छ । जुन फिल्म डाकुको भुमिकाको कारण चर्चित र ब्यवसायिक बन्न सफल भयो ।

शोले (१९७५)

सन् १९७५ मा रिलिज भएको फिल्म शोलेमा अजमद खानले गब्बरको भुमिका निर्वाह गरेका थिए । जुन भूमिका जहिले पनि सम्झने गरिन्छ । फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, सञ्जिवकुमार, जया बच्चन र हेमा मालिनीले पनि मुख्य भूमिका निर्वाह गरेका थिए ।

जिस देशमे गंगा बहती है (१९६१)

यो फिल्ममा अभिनेता प्राणले डाकुको सरदार राकाको भूमिका निर्वाह गरेका थिए । फिल्मको मुख्य भूमिकामा अभिनेता राजकपुर थिए । तर प्राणको भूमिकाको अगाडि राज कपुरको भूमिका फिक्का परेका थियो ।

मदर इन्डिया (१९५७)

महबुब खानको निर्देशन रहेको फिल्म ‘मदर इन्डिया’ भारतीय फिल्मको महाकाव्य मानिन्छ । डाकुको भूमिका पर्दामा उतार्ने यो पहिलो भारतीय फिल्म थियो । फिल्ममा सुनिल दत्तले डाकुको भूमिका निर्वाह गरेका थिए ।

मेरा गांव मेरा देश (१९७१)

यस फिल्ममा डाकुका आतङ्क र भए देखाइएको छ । फिल्ममा विनोद खन्नाले जब्बार सिंह नामक एक डाकुमा भूमिका निर्वाह गरेका थिए । धर्मन्द्र फिल्ममा हिरोको भूमिकामा थिए ।

बैंडिट क्वीन (१९९४)

फिल्ममा अभिनेत्री सीमा विश्वासले फुलनदेवीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्म ओस्करमा नोमिनेशन समेत भएको थियो । फिल्म फुलन देवीको वास्तविक जिन्दगीमा आधारित रहेर निर्माण भएको थियो ।

पान सिंह तमोर (२०१०)

अभिनेता इरफान खानले फिल्ममा डाकु पान सिंह तमोरको भूमिका निर्वाह गरेका थिए । यो फिल्म एक असरी डाकुमा आधारित रहेर निर्माण भएको थियो । यो फिल्म र डाकुको भूमिका दर्शकले निकै रुचाएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ८ : ०७ बजे