४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

स्कुटर दुर्घटना हुँदा लक्ष्मी आचार्यको निधन !



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार बेलुकीपख जिल्लाको जीतपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरामा भएको मोटरसाइकल दुर्घटना हुँदा वाणगंगा वडा नं. ५ निवासी लक्ष्मी आचार्यको ज्यान गएको हो ।
आचार्य सवार स्कुटर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । दुर्घटनाबाट गम्भिर घाइते आचार्यलाई तत्काल उपचारका लागि युनाइटेड अस्पताल ४ नं. ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि उहाँलाई तत्काल बुटवल रिफर गरिएको थियो । उपचारको क्रममा उहाँको ज्यान गएको बताइएको छ ।

मृतक आचार्य एक गैर सरकारी संस्थामा आवद्ध हुनुहुन्थ्यो । उहाँका एक छोरा र एक छोरी रहेका छन् । आचार्य सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यकी सुपुत्रि हुनुहुन्थ्यो ।
अंग्रेजी विषयमा स्नाकोत्तर उत्रीर्ण आचार्य नेकपा केन्द्रिय सदस्य विमला घिमिरेकी भाई बुहारी पनि हुनुहुन्थ्यो ।
आइतबार बेलुकीपपख दुर्घटना लगत्तै उद्धार गर्ने व्यक्ति नहुँदा उहाँलाई बचाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटना भएपछि झण्डै पौने घण्टा हुँदासम्म उहाँको उद्धार नभएको बताइएको छ ।
टाउँकोमा गम्भिर चोट लागेको आचार्यको अत्याधिक रक्तस्रावको कारण निधन भएको डाक्टर स्रोतले बताएको छ । आचार्यको तत्काल उद्धार भएको भए बाँच्ने आधार जिवितै रहने सम्भावना रहेको डाक्टरहरुले बताएका छन् ।

उता आचार्यसंग साइकल ठक्कर खादा दुर्घटना भएको बताइएको छ । साइकलयात्रीको अवस्था पनि गम्भिर रहेको जनाइएको छ । साइकलयात्रीको बुटवलमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  ९ : १५ बजे