९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

शिवराजमा लागु औषध सहित २ जना पक्राउ



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराजमा लागु औषध सहित २ जना पक्राउ परेका छन् । आज बिहान करिब १ बजे लागु औषध सहित २ जना लाई पक्राउ गरिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ । प्रहरी टोलिले गस्ती गर्ने क्रममा शिबराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा चोकमा पुर्व पश्चिम राजमार्ग सडक देखि दक्षीण तर्फ रहेको बिष्ट मेडिकल हल अगाडि बाट २ जनालाई पक्राउ गरेको हो । उनिहरुलाई शंकालागी चेकजाच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा न. १८ ढोडेनी बस्ने वर्ष २० का रजिनेश बुढा र सोही ठाउ बस्ने २० वर्षकन नरेश बि.क.रहेका छन् ।
जिनेश बुढाको साथ बाट प्रहरीले लागु औषध डाइजपाम लेखिएको २ एमएल सिसि १९ पिस, नोफिन लेखिएको २ एमएल को सिसि १९ पिस र प्रोमेटाजिन, हाइड्रोक्लोराइड इन्जेक्सन फेनेरागन लेखिएको २ एमएलको को सिसि २० पिस लागु औषध बरामद गरेको छ । यस्तै उनिसंगै पक्राउ परेका नरेश बि.क. को साथबाट लागु औषध डाइजपाम लेखिएको २ एमएल को सिसि १८ पिस ,नोफिन लेखिएको २ एमएल को सिसि १९ पिस र प्रोमेटाजिन, हाइड्रोक्लोराइड इन्जेक्सन फेनरागन लेखिएको २ एमएल को सिसि १९ पिस फेला पारी बरामद गरीएको छ । पक्राउ परेका २ जनालाई हिरासतमा राखी कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । शिवराजमा पछिल्लो समय लागु औषध ओसारपोसारका घटना बढिरहेको छ । यससंगै लागु औषध कारोबारीहरु पक्राउ परिरहेका छन् । प्रहरीले यस अघि पनि शिवराजबाट २ जनालाई लागु औषध सहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  ६ : २८ बजे