२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

कपिलवस्तुका क्षेत्रीहरुले मनाए क्षेत्री दिवस



बाबुराम रायमाझी, भलवाड ।
‘राष्ट्रिय अदण्डता र जातिय सद्भावका निम्ति क्षेत्री एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ क्षेत्री समाज जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा क्षेत्री दिवस तथा छैठौ वार्षिक साधारण सभा बुद्धभूमि २ गोरुसिंगेमा सम्पन्न भएको छ ।
सो साधारण सभामा सचिव ज्ञानु कार्कीले जिल्ला कार्यसमितिको प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष इन्द्रा क्षेत्रीले आर्थिक वर्ष २०७५÷०७६ को कुल १० लाख ८५ हजार बराबरको आय–व्यय सार्वजनकीकरण गर्नु भएको थियो ।
कार्यक्रममा बिधार्थी नेता सुशील खत्री, सल्लाहकार युवराज के.सी., बुद्धभूमि १ का वडाध्यक्ष तिलक वस्नेत, दिलिप कार्की, बुद्धिजिवी खिम बहादुर जि.सी., कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सांसद अर्जुन के सी, क्षेत्री समाजका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी दुर्गा बहादुर कुँवरले क्षेत्रीले मुलुकको संरक्षण गर्ने कार्यमा हाम्रा अग्रजहरुले अतुलनिय योगदान पुर्याएको कुरामा चर्चा गर्दै क्षेत्री जातिलाई राज्यले आदिबासी सूचीमा नराखी अन्य वर्गको सूचीमा राखेको हुँदा हाम्रो संघर्ष अझै पनि राज्यसंग जारी रहेको बोल्ने सबै वक्ताहरुले वताएका थिए ।

कार्यक्रम क्षेत्री समाज जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष देवेन्द्रराज पोख्रेलको अध्यक्षता प्रदेश सांसद अर्जुन के.सी.को विशिष्ट आतिथ्यता, क्षेत्री समाजका केन्द्रिय सदस्य दुर्गा बहादुर कुँवरले क्षेत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम बाबुराम रायमाझीको स्वागत र सचिव ज्ञानु कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । साथै क्षेत्री समाजले घटस्थापनको अवसरमा स्वागतमय पारिवारिक भोजको पनि आयोजना गरेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ६ : २६ बजे