२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

इलेक्ट्रोनिक्सका सामान सस्तो दरमा अब न्यू पराजुली ट्रेडर्स जितपुरमा



मायादेवी अनलाइन,कपिलवस्तु ।
बाणगंगा नगरपालिका आर्थिक हिसाबले अगाडी बढ्ने क्रममा न्यू पराजुली ट्रेडर्स खुलेको छ । नगरपालिकाको अत्यन्तै विकसित सहर जितपुर होराइजन चोकमा ट्रेडर्सको स्थापना भएको हो । जिल्लामा सबैभन्दा सुपथ मुल्यमा इलेक्ट्रोनिक्सका सामानहरुमा होललसेल तथा फुटकर विक्रिको लागि ट्रेडर्स खुलेको हो । ट्रेडर्सको कपिलवस्तु उद्योग संघका अध्यक्ष उमानाथ पौडेलले रिविन काटेर उद्घाटन गर्नुभएको थियो । उद्घाटनको अवसरमा पौडेलले संचालक कृष्ण पराजुली र उहाँको परिवारलाई शुभकामना ब्यक्त गर्दै स्वदेशमै केही गर्न खोज्नु राम्रो भएको बताउनु भयो । संचालक पराजुलीले विशेष गरी इन्भटर,ब्याट्रि, इलेक्ट्रोनिक्सका सम्पूर्ण सामानहरु, वाटर पम्प, मोटर, गिजर आदिको होलसेल विक्रि गरिने हुँदा यस क्षेत्रमा निकै सस्तो दरमा ग्राहकहरुले पाउने दाबी गर्नुभयो । विदेश गएर दुख पाएर मात्र फर्कनु भन्दा स्वदेशमा केही गर्नुपर्छ भनेर लगानी गरेको उहाँको भनाई छ । भैरहवामा भन्सार गरेर सिधै आफूहरुकहाँ माल आइपुग्ने हुनाले अन्यत्र भन्दा सस्तो दरमा आफूहरुले इण्यिन ब्राण्डका सामानहरु उपलब्ध गराउने उहाँको दाबी छ । कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  ९ : १६ बजे