२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

बोडगाउँमा खुल्यो बाणगंगा ट्रेडर्स, ठाउँ एक सेवा अनेक



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ मा बाणगंगा ट्रेडर्स संचालनमा आएको छ । घर निर्माण सम्बन्धि सम्पूर्ण कामहरु सामाग्रीहरु उपलब्ध गराउनको लागि बोडगाउँ क्षेत्रमै ठुलो ट्रेडर्स खुलेको हो । युवा ब्यावसायी गोपाल गिरी र प्रकाश बस्यालले संयुक्त रुपमा संचालनमा ल्याउनु भएको ट्रेडर्सको कपिलवस्तु उद्योग संघका अध्यक्ष उमानाथ पौडेलले रिविन काटेर उद्घाटन गर्नु भएको थियो । उद्घाटनको क्रममा पौडेलले बाणगंगा नगर हरेक हिसाबले फड्को मार्ने क्रममा वडा नम्बर आठमा ठुलो आकारमा खुलेको बाणगंगा ट्रेडर्सले राम्रो बजार लिनेमा आफू आशाबादी रहेको बताउँदै नेपाल सरकार र उद्योग संघको परिधिभित्र रहेर ब्यवसाय संचालन गर्न उहाँले सुझाउनु भयो । ट्रेडर्समा निर्माणको लागि चाहिने ब्राण्डेड छड,सिमेन्ट, सम्पूर्ण हार्डवेयरका सामानहरु, कंचनजंघा कम्पनीको रंग लगनयतका सम्पूर्ण सामानहरु होलसेल तथा फुटकर उपलब्ध गराइने संचालकद्धयले बताउनु भयो ।संचालक प्रकाश बस्यालका बुबा बाबुराम बस्यालको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रमको संचालन रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानले गर्नुभएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  ९ : १८ बजे