२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

प्रधानमन्त्री भन्छन्, सरकारको काम गरिबले देखे धनी र हुनेखानेले देखेनन



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका धनी र हुनेखानेहरुले सरकारले गरेका काम नदेखेको बताउनुभएको छ ।

दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टीले काठमाण्डौको भृकुटीमण्डपका गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा गरिब दुःखी र मध्यम वर्गले सरकारका कामको प्रसंसा गरेको र उनीहरुको जीवनस्तरमा सुधार भैरहेको तर धनाढ्यहरुले सरकारले केही गरेन भनेर आलोचना गरेको आरोप लगाउनुभयो ।

वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भैरहेको, गरिबी निवारण भैरहेको प्रधानमन्त्रीको दाबी छ ।

वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको सुरु गरेको वर्षौँसम्म अलपत्र परेका आयोजना पूरा गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अब पश्चिम सेती, पञ्चेश्वर, बुढिगण्डकी लगायतका आयोजना निर्माणमा तीव्रता आउने बताउनुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  २ : २७ बजे