३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

उपनिर्वाचनका लागि कांग्रेस दाङले १० जनाको नाम सिफारिस गर्‍याे



दाङ ।

आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि दाङ निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट नेपाली कांग्रेसले १० जनाको नाम जिल्लामा सिफारिस गरेको छ ।

३ नम्बर क्षेत्रको ‘ख’ बाट कांग्रेसले प्रदेशसभा सदस्यको उम्मेदवारका लागि जिल्ला कार्यसमितिमा १० जनाको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर ३ को ‘ख’ का सभापति खिमबहादुर वलीको अध्यक्षतामा बसेको बैठकमा बसी किरण शाह, केशव आचार्य, खिमप्रसाद खराल, चुडामणि ढकाल, जगत खडका, टिका घर्ती, भरत केसी, मदन रसिक, शंकर डाँगी, सुरेश हमालको नाम जिल्लामा पठाएको हो ।

जिल्लामा सिफारिस भएका यी नामहरूबाट छनौट गरी जिल्लाले तीन  जनाबाट एक जनाको नाम टुंगो लगाउन केन्द्रमा सिफारिस गर्नेछ ।

दाङ क्षेत्र नम्बर ३ को ‘ख’ का तत्कालीन प्रदेश सांसद उत्तरकुमार वलीको कार दुर्घटनामा निधन भएपछि यो क्षेत्र खाली रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  ७ : ४९ बजे