काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट नेता गुणराज लोहनीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । एकसाताअघि नेकपा केन्द्रीय सदस्यबाट निकालिएका उनलाई सादा पोशाकको प्रहरीले पक्राउ गरेको हो ।
विप्लवनिकट पत्रिका रातोखबरबाट पनि निकालिएका उनलाई चितवन प्रहरीको हिरासतमा राखिएको छ । उनी तत्कालीन नेकपा (माओवादी) को शिक्षक संगठनको अध्यक्ष थिए ।
माओवादी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा रहेर विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका थिए । विप्लवले उनलाई बिरामी रहेकाले केन्द्रीय सदस्यबाट हटाएको जनाएको छ ।
५ कार्तिक २०७६ मंगलबार ००:००
0
Shares






प्रतिक्रिया