१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

तिहार मनाउन उपराष्ट्रपति पुन पुख्यौली घरमा



रोल्पा ।
उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन्। परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनि तिहार मनाउन आएको बताइएको छ ।
पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उनि गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।
स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आएका उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए । आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए । रासस

प्रकाशित मिति : ९ कार्तिक २०७६ शनिबार ००:००  २ : २३ बजे