६ असार २०८३, शनिबार | Sat Jun 20 2026

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा



काठमाडौं ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन्। बैंकको स‌ंचालक समितिले श्रेष्ठमाथि छानविन गर्न समिति गठन गरेसँगै उनी निलम्बनमा परेका हुन्।
मन्त्रिपरिषद्को निर्देशनपछि सोमबार श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन हो। संचालक समिति बैठकले छानविन समितिमा पौडेलसहित राष्ट्र बैंक संचालक समितिका सदस्यद्वय रामजी रेग्मी रसुबोधकुमार कर्णलाई राखेको छ। छानबिन समितिलाई ३० दिनको कार्यअवधि तोकिएको छ।
छानविन समिति गठन भएसँगै श्रेष्ठ निलम्बनमा परेका हुन्। श्रेष्ठमाथि विदेश गएका बेला फर्जी कागज बनाइ अतिरिक्त शूल्क उपभोग गरेको, बैंकहरुको खराब कर्जा लुकाएर वित्तिय स्थायित्वका खलल पुर्‍याएको लगायतका आरोप लागेका छन्।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  १ : ४९ बजे