२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

महाराजगञ्जमा राष्ट्रिय जनमोर्चाको विरोध सभा



राम अवतार चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको महाराजगञ्जमा राष्ट्रिय जनमोर्चाले शुक्रवार विरोध सभा कार्यक्रम सम्पन्न गरेको छ । “राष्ट्रियता गणतन्त्र र धर्मनिपेक्षताको रक्षा गरौं, संघियता खारेज गरौं” भन्ने मूल नारालाई प्राथमिकतामा राखी विरोध सभा गरिएको आयोजकले जनाएको छ ।
विरोध सभामा नेकपा मसालका जिल्ला प्रवक्ता छवि लाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तुक केन्द्रीय सदस्य केर सिंह अदै लगायतले सभालाई सम्बोधन गर्दै भारतले हालै जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेकलाई आफ्नो देशमा राख्नु, राष्ट्रियता माथि आक्रमण र ठाडो हस्तक्षेप भएको बताए ।
सबै देशभक्त जनता एक भई भारतीय साम्राज्यबाद विरुद्ध लड्नु पर्ने बताउँदै संघीयता असफल भएको अब प्रदेशको मुख्य मन्त्रीहरुलाई पनि हटाई, प्रदेश सरकार खारेज गर्नुपर्ने, ढिलो गरे नेपाल सुडान बन्ने प्रति चिन्ता व्यक्त गरे । संघीयता टिकाउन युरोपियन युनियनहरूले डलर खर्च गरेर देशमा युद्ध गराउन खोजेको साथै देशमा गणतन्त्र आय पनि गुम्ने खतरा रहेको वक्त्ताहरुले जोडदिए ।
उक्त विरोध सभा राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा रक्तिमका कलाकारहरूले गीत नृत्य प्रस्तुत गरेका थिए । साथै कार्यक्रम केर पुनको स्वागत र चेत नारायण खनाल सञ्चालनमा सभा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६ शनिबार ००:००  २ : ५० बजे