५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रधानमन्त्री ओलीलाई भेटेर देउवाले गरे स्वास्थ्य लाभको कामना



काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।पोखराबाट आएका देउवा विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर गएका हुन् । उनले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन्।
मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार हुँदै गएको छ।
स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि पनि बन्द गरिएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  १ : ४० बजे