२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

लक्ष्मी वैंक बुटवल शाखाले बाड्यो मदरसामा शैक्षिक साम्रगी



रुपन्देही ।

लक्ष्मी वैंक वुटवल शाखाले शाखा स्थापनाको १० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिक उत्सव मनाएको छ । सो अवसरमा मदरसमा अध्ययनरत गरिव तथा विपन्न विद्यार्थीहरुको लागि शैक्षिक साम्रगी, लक्ताकपडा तथा खाद्यान्न वितरण गरेको छ ।

वुटवल उप महानगरपालिका वडा नं. १ मा रहेको रजाए मुस्तफा मदसा प्रा.वि. मा अध्ययनरत ७५ जना विद्यार्थीहरुलाई उक्त सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुको लागि आवश्यक पर्ने कापी, कलम, कम्मल तथा चामल, चाउचाउ, दालमट र विस्कुटहरु वितरण गरिएको लक्ष्मी बैंक वुटवल शाखाका प्रवन्धक स्वंमराज पंगेनीले बताए ।

कार्यक्रममा मदरसाका अध्यक्ष मकवुल मियाले वैकंले दिएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहयोग मिल्ने बताए । साथै उनले व्यवसायिक संस्थाहरुले सामाजिक सेवा गरी समुदायको उदरदायित्व वहन गर्नुपर्ने बताए ।

कार्यक्रमको संचालन अब्दुल समदले गरेका थिए । लक्ष्मी बैंक नेपाल राष्ट्र वैंकवाट इजाजत प्रँप्त ‘क’ वर्गको बैंक हो । देशभर यसका १ सय १९ शाखा मार्फत कारोवार संचालन भएको शाखा प्रवन्धक पंगेनीले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७६ शनिबार ००:००  ७ : ३४ बजे