१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बैंक तथा वित्तिय संस्थासंग प्रतिस्पर्धा गर्न सक्ने सहकारी बनाऔंः उपमेयर अर्याल



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले अव्यवस्थित सहकारीलाई खारेज गर्ने गरी कानुन निर्माण भैरहेको बताउनुभएको छ । स्थानीय सरकारलाई सहकारी सञ्चालनको अधिकार प्राप्त भएको भन्दै अब वाणगंगा क्षेत्रका सहकारीलाई व्यवस्थित बनाउने गरी कानुन निर्माण भैरहेको जानकारी दिनुभयो । श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरापुरको छैठौं साधारणसभामा बोल्दै उपमेयर अर्यालले भन्नुभयो, ‘विगतमा सहकारीको नियमन सहकारी डिभिजन कार्यालयले गथ्र्यो, अहिले त्यो अधिकार स्थानीय सरकारलाई छ । जनताको अधिकार जनतामै आएको छ । वाणगंगाले अब तत्कालै सहकारीको बर्गीकरण गर्छ ।’ प्रदेशले सहकारी सम्ब्न्धि कानुन बनाउन वित्तिकै आफुले कानुन ल्याउने उहाँले बताउनुभयो । हामीले सहकारी सम्बन्धि कानुन ल्याई सक्थ्यौं तर प्रदेशले ढिलाई गरेको कारण ल्याई सकेका छैन् उहाँले भन्नुभयो, ‘दुई सरकार बीच कानुन बाझिन पनि सक्छ । त्यसैले प्रदेशले बनाउने कानुनको पखाईमा छौं ।’
कतिपय सहकारी सहकारीको नीति नियमभन्दा बाहिर छन्, तिनलाई कानुनी दायरामा ल्याउने कोशिस गरिरहेका छौं । यदि कानुनको पालना गर्न आलटाल गरे भने खारेजसम्म गर्छौ उहाँले भन्नुभयो ।
सहकारीलाई उत्पादन क्षेत्रमा जोड्नुपर्नेमा अर्यालले जोड दिनुभएको छ । वाणगंगामा ६५ सहकारी छन्, तिनलाई अब मर्च गर्नुको विकल्प छैन् । साना सहकारी भन्दा ठूला सहकारी सञ्चालन गरेर यहाँका बैंक तथा वित्तिय संस्थासंग प्रतिस्पर्धा गर्नुपर्छ उहाँले भन्नुभयो, ‘त्यसका लागि सहकारी सहकारी बीच छलफल चलाऔं ।’ कम पूजी सहकारीमा राख्ने, ठूला पूजी बैंकमा राख्ने परम्पराको पनि अन्त्य गर्नुपर्नेमा उहाले जोड दिनुभयो । सहकारी प्रति जनताको विश्वास बढाउनु पर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २१ मंसिर २०७६ शनिबार ००:००  ९ : ०८ बजे