मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा अवस्थित श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारणसभामा सहकारी मर्र्ज गर्ने र सहकारीलाई उत्पादनसंग जोड्नुपर्नेमा जोडदार माग उठेको छ । साधारणसभाको खुल्लासस्त्रमा बोल्दै अधिकांश बक्ताले सहकारीलाई व्यवस्थित गरी उत्पादनसंग जोड्नुपर्नेमा जोड दिएका थिए ।
वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्यालले वाणगंगाका सहकारीलाई अब मर्र्ज गर्ने गरी कानुन बनिरहेको बताउनुभयो । छरिएर रहेका सहकारीले सहकारीले मूल्य मान्यतालाई पूरा गर्न नसक्ने भएकोले अब सहकारीलाई एकत्रित गरी यस क्षेत्रका बैंक तथा वित्तिय संस्थासंग प्रतिस्पर्धा गर्न सक्ने सहकारीको निर्माण गर्नुपर्ने बताउनुभयो ।
वाणगंगा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष गशेण क्षेत्रीले सहकारीबाट निकालेको ऋण व्यवसायीक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो । कतिपय सहकारीले सहकारीबाट ऋण निकालेर बैंकमा ऋण तिर्ने गरेको पनि सुनेको भन्दै यतातिर सहकारीले ध्यान दिनुपर्ने बताउनुभयो । सहकारीबाट समुहगत व्यवसाय गर्नुपर्नेमा जोड दिदै वडाध्यक्ष क्षेत्रीले त्यसको लागि ठूलो सहकारी बनाउन वहश चलाउनुपर्ने बताउँनुभयो ।
सहकारी संघका प्रदेश सदस्य तेजप्रसाद आचार्यले अब एक व्यक्ति एक सहकारीमा आवद्धताको अभियान चलाउनुपर्ने बताउनुभयो । सहकारीले समाजमा गरेका कामहरुको मिडियाले प्रचार नगरिदिएको आचार्यले गुनासो गर्नुभयो । सहकारीले बदमास गरेभने मिडियामा व्यापक प्रचार आउने, राम्रो काम गरेकाको प्रचारै नआउने गरेको उहाँले आरोप लगाउनुभयो । सहकारीको विकास पनि समुदायको बिकास सम्भव नभएको भन्दै उहाँले नगर सरकारले यसमा बेलैमा सोच्नुपर्ने बताउनुभयो ।
साधारणसभामा जिल्ला सहकारी संघका सचिव ढाकाराम अधिकारी, सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यकुमारी शाही, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव विजय शाही, कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष शंकर पौडेल, श्री विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार कमल चुँदाली लगायतले बोल्नुभएको थियो ।
सहकारीका अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको खुल्लाशस्त्रमा राजु अर्यालको सञ्चालन र उपाध्यक्ष सुमित्रा उपाध्यायको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा असल ऋणि, असल बचतकर्ता र एसईईमा विशिष्टकृत अंक ल्याएर उत्र्रीण हुने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।
२१ मंसिर २०७६ शनिबार ००:००
0
Shares






प्रतिक्रिया