८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पूर्ववर्ती एमाले नेता खरेल सर्वोच्चका न्यायाधीश हुने सम्भावना



काठमाडौं । पूर्ववर्ती नेपाल कम्‍युनिष्ट पार्टी एमालेनिकट इन्द्र खरेल सर्वोच्चका न्यायाधीशमा चयन हुने सम्भावना रहेको छ ।
न्‍यायपरिषद्‌को आगामी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार खरेलको नाम नियुक्ति सिफारिसका लागि राखिने भएपछि खरेलको सम्भावना बढेको हो । सर्वोच्च अदालतमा न्‍यायाधीश केदार चालिसेले उमेर हदका कारण गत महिना अवकाश पाएपछि नयाँ न्‍यायाधीश नियुक्तिको प्रक्रिया सुरु भएको हो। न्‍याय परिषद्‌को सदस्‍य रहेकै बेला न्‍यायाधीश हुन नसक्‍ने भएकाले वैदिकले परिषद्‌बाट राजीनामा दिएका थिए गत साता, तर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र बदलिएको राजीनितिक समीकरणका कारण वैदिक न्‍यायाधीश हुन त पाएनन् नै, उनी परिषद्‌ सदस्यबाट पनि बाहिरिए।

हाल अदालतमा यौन हिंसा तथा बलात्कार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्ण बहादुर महरा निकट भएकाले न्‍यायाधीशको लोभ देखाएर वैदिकलाई न्‍याय परिषद्‌बाट हटाइएको स्रोतले दाबी गर्‍यो। वरिष्ठ अधिवक्ता खरेल सर्वोच्च बार एशोसिएशनका पूर्व अध्‍यक्ष हुन् र उनी प्रधानमन्त्री केपी ओलीका वफादार देखिन्छन्।

प्रकाशित मिति : २९ मंसिर २०७६ आइतबार ००:००  ६ : ३० बजे