८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुन तोलामा ७६ हजार पुग्‍यो



काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ। आइतबार तोलाको ७५ हजार ५०० पुगेको सुनको मूल्यमा ५ सय बढेर ७६ हजार कीर्तिमानी मूल्य कायम भएको छ। यस्तै तेजावी सुनको मूल्य पनि ५ सय बढेर ७५ हजार ७०० मा कारोबार भएको छ। यस्तै सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको छ। पछिल्लो क्रम सुनको मूल्यमा भारी वृद्धी भएको छ। अमेरिका इरानबिचको द्धन्द्ध बढ्दै जानु, खाडी मुलुकमा तनाव, डलर मजबुत हुनु र भारतिय मुल्य कमजोर हुनुले सुनको मूल्य बढ्दै गएको हो। नेपाली बजारमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २१ पुस २०७६ सोमबार ००:००  १ : ०८ बजे