५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मिलन गुरुङलाई झापड हानेको अभियोगमा दिपक मनाङे पक्राउ



कास्की ।
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) लाई पक्राउ गर्न अनुमति पाए लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फ) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङले प्रदेश सांसद मनाङेले दुव्र्यवहार गरेको उजुरी बुधबार दिएका थिए । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो ।

‘अहिले उहाँ जिल्ला प्रहरी कार्यालय कास्कीमा हुनुहुन्छ’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले भने, ‘अब उहाँलाई यही राखेर अनुसन्धान अगाडि बढाउछौँ ।’

मुख्यमन्त्री कप फुटबल उद्घाटन समारोहमा भनाभन हुँदा मनाङेले मिलनलाई झापड खानेका थिए । बुधबार मिलन र मनाङेले पत्रकार सम्मेलन गर्दै आ–आफ्नो बचाउ गरेका थिए । मनाङेले गठलाई झापड हानेको स्वीकार गरेका थिए भने मिलनले आफूमाथि प्रदेशसभा सदस्यले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७६ बिहिबार ००:००  ४ : ५० बजे