७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

महामारी तथा सरुवा रोगबाट बच्च ब्यक्तिगत र सामुदायिक सरसफाईमा जोड



मायादेवी अनलाइन, कपिलवस्तु ।
महामारी तथा सरुवा रोगको रोकथामको विषयमा समयमै सावधानी अपनाउन बाणगंगा नगरपालिकालाई सरोकारवालाले सुझाएका छन् । चीनमा कोरोना भाइरस फैलिएर महामारीको रुप लिएको सन्दर्भमा प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले वडा नम्बर ४ मा आयोजना गरेको अन्र्तक्रियामा सहभागीहरुले नगरलाई यस्तो सुझाव दिएका हुन् ।
अन्र्तक्रियामा सहभागी जन प्रतिनिधि, संघ संस्थाका प्रमुख, संचारकर्मी लगायतले चीनको ज्वलन्त घटनाबाट धेरै पाठ सिकेर सरुवा रोगको महामारीबाट बच्न नगरले समयमै नीति र योजना बनाउनु पर्ने बताएका थिए । चीनको कारोना भाइरस महामारीबाट हामिले धेरै पाठ सिक्नु पर्ने सामाजिक विकास मन्त्रालयका नेत्र अर्यालले बताउनु भयो ।
भोली जुनसुकै पालिकाले जस्तोसुकै स्थितिको सामना गर्न पर्ने अवस्था सक्ने भएकाले समयमै योजना बन्नु अति आवश्यक भएको बताउनु भयो । सामाजिक विकास मन्त्रालयका वरिष्ठस्वास्थ्य शिक्षा अधिकृत सैलेन्द्र पाण्डेले सरुवा रोगहरुबरे कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्य पत्रमा उहाँले पालिकामा हुन सक्ने सरुवा रोग, अवस्था र अपनाउनु पर्ने सचेतताको विषयमा बताउनु भएको थियो । उहाँले नागरिकस्तरमा कम्तिमा पनि सरसफाइको चेत बढेमा सरुवा रोगको प्रकोप कम हुने बताउनु भयो ।
मुख्य गरी झाडापखाला, एच आइभी एड्स, हैजा, कुष्ठरोग, डेँगु, हात्ती पाइले, रेबिज जस्ता रोगहरुका बारेमा जनचेतना फैलाउन सके यसबाट बच्न सकिने बताउनु भयो ।
सामाजिक विकास शाखा प्रमुख भीष्मराज भुसालको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मंगल प्रसाद थारु, विशिष्ट अतिथि नगर उप प्रमुख चक्र अर्याल, प्रमुख कार्यकारी चुडामणी पन्थी लगायतले बोल्दै यस विषयमा नगर सचेत रहेको बताउनु भयो ।
उहाँहरुले नगरले यसको लागि विशेष योजना बनाइरहेको भन्दै गाउँगाउँमा सरसफाइ र सचेतना सम्बन्धि कार्यक्रम लैजाने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति : २२ माघ २०७६ बुधबार ००:००  ९ : ३३ बजे