१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

विप्लव जिल्ला इञ्चार्ज पेस्तोलसहित पक्राउ



बैतडी ।
प्रहरीले पेस्तोलसहित प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूह नेकपाको युवा संगठनका बैतडी इञ्चार्जलाई पक्राउ गरेको छ। चन्दा असुली गर्दै आतंक मच्चारहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला इञ्चार्ज लोकेन्द्र धामीलाई आइतबार दिउँसो पक्राउ गरिएको हो। दिउँसो ३ बजे धामीलाई १ थान पेस्तोलसहित दोगडाकेदार गाउँपालिका ६ सित्तडबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए। पक्राउ परेका धामीलाई जिल्लामा ल्याउँदै छौुं उनले भने, चन्दा उठाउँदै गरेको भन्ने विशेष सुराकीको आधारमा धामीलाई समात्न सफल भएका हौं। पक्राउ परेका धामीको साथबाट गोलीसहितको १ थान पेस्तोल, पर्चापम्पलेट रसिद लगायत विप्लव दस्ताबेज पनि बरामद गरिएको छ। डिलाशैनी गाउँपालिका ७ धामीगाउँ घर भएका २७ वर्षीय धामी विगत केही वर्षदेखि विप्लव समूहमा संलग्न रहेका थिए। पक्राउ परेका धामीमाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडी प्रहरीले हालसम्म जिल्लाका विभिन्न क्षेत्रवाट हालसम्म उक्त समूहमा संलग्न १२ जनालाई पक्राउ गरिसकेको जनाएको छ।

प्रकाशित मिति : २६ माघ २०७६ आइतबार ००:००  ६ : ४४ बजे