२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

विकास निर्माणका काम अत्यन्त सुस्त गतिमा भइरहेको भन्दै प्रधानमन्त्री असन्तुष्ट



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काम अत्यन्त सुस्त गतिमा भइरहेको भन्दै असन्तुष्टी जनाउनुभएको छ । आइतबार राष्ट्रिय योजना आयोगको ४७ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
‘वैदेशिक लगानीका आयोजनाको काम तीव्र गतिले अघि बढ्न सकेको छैन । आयोजनाहरूमा हामीले ढिला गर्दा त्यसको प्रतिफल ढिलो हुन्छ,’ उहाँले भन्नुभयो, ‘हामीलाई जुन गतिका साथ विकासको नतिजा चाहिएको छ, त्यो पक्डन सकेका छैनौं ।’

उप्रधानमन्त्री, मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, सरकारका सचिवहरुसमेत सहभागी समितिको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले देशमा वैदेशिक लगानी बढाउने वातावरण र प्रबन्धका लागि प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भए पनि काम तीव्रताका साथ अघि बढ्न नसकेकाले अब विकास र समृद्धिलाई थप गति दिन जोड दिनुभयो ।

प्रकाशित मिति : २७ माघ २०७६ सोमबार ००:००  ६ : ४६ बजे