२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

पूर्वउपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्री बन्दै, आजै शपथ



काठमाडौं ।
पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छन्। उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि रिक्त रहेको कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो। मन्त्री बन्न लागेकी तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए। सभामुखको दाबी गर्दै आएकी उपसभामुख तुङ्बाहाङ्फेलाई राजीनामा दिन लगाएर सभामुखमा अग्नि सापकोटालाई बनाइएको छ। उपसभामुख पद भने अहिले खाली रहेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  १२ : ३० बजे