२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ओली एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा हुनहुन्छः प्रचण्ड



काठमाडौं ।

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको बताएका छन् ।नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन शनिबार बिहान नवलपुर आइपुगेका अध्यक्ष प्रचण्डले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसमेत एमसीसीलाई परिमार्जन गर्ने पक्षमा रहेको बताए ।

विहीबार बालुवाटारमा अमेरिकी सांसदहरुको टोलीलाई एमसीसी सम्झौता परिमार्जन नै गर्न नसकिने बाइबल होइन भन्ने जवाफ प्रधानमन्त्री ओलीले दिएको अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बताए ।‘हिजोमात्रै प्रधानमन्त्रीजीले हामीलाई ब्रिफिङ गर्नुभएको थियो,’ प्रचण्डले भने, ‘अमेरिकी रिपब्लिकन र डेमोक्रेटिकको टोलीसँग कुराकानी हुँदा प्रधानमन्त्रीजीले नै यो एमसीसी भनेको जस्ताको त्यस्तै पास गर्नुपर्ने भन्ने कुनै बाइबल होइन, यसलाई संशोधन गरेर पनि त लागू गर्न सकिन्छ भनेर अस्तिको दिन ९बिहीबार० बताइसक्नुभएको छ ।’

प्रकाशित मिति : १० फाल्गुन २०७६ शनिबार ००:००  १ : ३३ बजे