१५ कार्तिक २०८१, बिहिबार | Thu Oct 31 2024

फाल्गुण २८ बाट वाणगंगामा दादुरा र रुबेलाविरुद्धको अभियान सुरु गरिने



मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा नगरपालिकामा यहि फाल्गुण २८ गतेबाट दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ । यस अघि पहिलो र दोस्रो चरण गरी जिल्लाका ८ वटा स्थानीय तहमा खोप अभियान चलाईको छ भने वाणगंगा र कपिलवस्तु नगरपालिकामा तेस्रो चरण अन्तरगत फागुन २८ गतेबाट खोप अभियान संचालन हुने भएको हो ।
२८ गतेबाट वाणगंगामा दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु हुने एक कार्यक्रमबा बिच जानकारी गराइएको हो । जितपुरमा आयोजना गरिएको नगरस्तरिय अन्तरकृयामा बोल्दै नगर प्रमुख मंगलप्रसाद थारुले नगरपालिकाबाट दादुरा र रुबेला निर्मूल पार्न सबैले आ–आफ्नो जिम्मेवारी बहनगर्नुपर्ने बताउनुभयो ।
यस्तै उपप्रमुख चक्र अर्यालले नगरपालिकामा खोप नपाएर कसैले ज्यान गुनाउन नपरोस भन्ने उद्देश्यले अभियान संचालन गर्न लागिएको भन्दै ९ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबै नगरबासीमा अनुरोध गर्नुभयो । कार्यक्रममा अभियानसंगै दादुरा र रुबेलाविरुद्धको खोपबारे भेषराम शर्माले प्रशिक्षण दिनुभएको थियो । उहाका अनुसार २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट बन्चित रहेका छन् । उनीहरुलाई यस अभियानले समेटने उहाको विश्वास छ ।
वाणगंगा नगरपालिकाका ८ हजार ५ सय ४६ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउने नगरपालिकाको लक्ष्य छ । यस्तै ९ महिना देखि २ वर्ष मुनिका २ हजार एक सय ६१ र २ वर्ष देखि ५ वर्ष मुनिका ४ हजार ६ सय ३२ बालबालिकालाई उक्त खोप लगाइने नगरपालिका स्वास्थ्य शाखाका भक्तिराम पाण्डेले जानकारी दिनुभयो ।
वाणगंगामा ७३ वटा खोप केन्द्र रहने र १४ जना स्वास्थ्यकर्मी र १ सय ४६ जना स्वयमसेवक खटिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । दादुरा र रुबेला विरुद्धको खोप ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई लगाइन्छ भने पोलियोथोपा जन्मेदेखि ५ वर्ष मुनिका बालबालिकालाई खुवाइन्छ । कार्यक्रम निमित्त प्रमुख प्रसासकिय अधिकृत बाबुराम भट्राइको स्वागत मन्तब्य र भक्तीराम पाण्डेको संचालनमा भएको हो ।
कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, संचारकर्मी लगाएतको सहभागिता रहेको थियो । यस अघि जिल्लाका ८ वटा पालिकामा पहिलो र दोस्रो चरण गरी दादुरा र रुबेला बिरुद्धको खोप अभियान संचालन गरिएको थियो । सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्नुपर्ने लक्ष्यअनुसार दादुरा र रुवेलाविरुद्धको खोप दिन लागिएको सरकारले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  ६ : ४० बजे