१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय



काठमाडौं ।
नेकपा सचिवालयले नेकपाका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने सचिवालयको निर्णय गरेको छ ।
आज (बुधबार) बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल ओलीबीच त्यस विषयमा अलग्गै भेटवार्ता भएको थियो। अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठब बसेको हो ।
अध्यक्षद्वयबीचको भेटमा संविधान संशोधनको तयारी र बाहिरको प्रतिक्रिया, गोकुल बाँस्कोटाको अडिओ प्रकरण, एमसीसीलगायतका विषयमा छलफल भएको बुझिएको छ । पछिल्लो समयमा सरकार र पार्टीले नागरिक स्तरबाट खेप्नुपरेको व्यापक आरोप र आलोचना कसरी सामना गर्ने भन्नेबारेमा छलफल केन्द्रित रहेको थियो ।
सचिवालयमा बैठकमा कार्यदलको प्रतिवेदनपछि एमसीसीमा कसरी अघि बढ्ने भन्ने बारेमा पछि छलफल भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  १ : ५३ बजे