१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मगर समुदायले आज ३८औं मगर राष्ट्रिय एकता दिवस मनाउँदै



मायादेवी अनलाइन, चारनम्बर ।
३८औं मगर राष्ट्रिय एकता दिवस विहीबार विभिन्न कार्यक्रम गरि मनाइदै छ । मगर समुदायको बाहुल्य प्रदेश नं. ५ लगायतका स्थानमा आज मगर समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् ।
नेपाल मगर संघ कपिलवस्तु अन्र्तगतका नगर तथा वडा ईकाई समितिहरुले ठाउँ ठाउँमा कार्यक्रम आयोजना गरेका छन् । वाणगंगाको वडा इकाई समिति वडा नं. १० ले पटना धरमपुर खेलकुद मैदानमा मगर एकता दिवस मनाउँदै छ । आयोजकले बुधबार वाणगंगामा पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो ।
प्रदेश ५ का प्रदेश सांसद विष्णु पन्थीले विहान ११ बजे उद्घाटन गर्ने गरी कार्यक्रमको सम्पूर्ण तयारी गरिएको वडा इकाई अध्यक्ष खुम बहादुर रानाले बताउनुभयो । कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक प्रस्तुतीसंगै पहिचान झल्कने भेषभूषा, कला र खानाका परिकार राखिने अध्यक्ष रानाले बताउनुभयो ।
यता जिल्लाका बुद्धभूमि र शिवराज नगरपालिकामा पनि कार्यक्रम आयोजना गरिएको छ भने मगर बाहुल्य क्षेत्र विजयनगर गाउँपालिकामा पनि कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : १९ बजे