१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

आजको मौसम सफा रहने, पर्सिदेखि फेरी पानी पर्ने सम्भावना



काठमाडौं ।
बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।
तर मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार बिहीबार र शुक्रबार पानी पार्ने कुनै पनि प्रणाली सक्रिय छैन तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने फाट्टफुट्ट पानी पर्न सक्नेछ ।
अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । काठमाण्डौमा बिहीबार र शुक्रबार घाम लाग्ने तर पर्सिदेखि देशभरिकै मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : २२ बजे