१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

राष्ट्रिय सहमति विना संविधान संशोधन असम्भवः देव गुरुङ



काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति विना संविधान संशोधन सम्भव नभएको बताएका छन् ।

अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भए पनि राष्ट्रिय सहमति नबन्दासम्म संशोधन सम्भव नभएको उनले बताए । संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै उनले राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने बताए ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न नेकपाले कार्यदल बनाएको थियो, तर यसको चौतर्फी विरोध भएपछि नेकपा आफैंले कार्यदल भङ्ग गरेको छ ।

नेकपा नेता गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा कार्यदलको सुझावअनुसार सचिवालयले निर्णय गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ३ : ३२ बजे