५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

तिलोत्तमामा २३ फागुनदेखि खाद्य मेला



बुटवल।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा २३ फागुनदेखि २५ सम्म खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा सञ्चालन हुने सो मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहालले खाद्य पदार्थको उत्पादक, प्रशोधनकर्ता, सञ्चयकर्ता एवं उपभोक्ताहरूलाई एकै थलोमा राखेर नवीतम खाद्य प्रविधि एवं पोषण र स्वच्छताबारे ज्ञान दिने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभयो ।
त्यस्तै, उहाले खाने बानीमा सुधारका लागि स्थानीय रूपमा उत्पादन तथा उपलब्ध हुने र हाल प्रचलनमा रहेका पौष्टिक महत्त्वका खाद्य पदार्थबारे मेलामा जानकारी गराइने बताउनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ६ : ०३ बजे